बेलबारी जेसिजको अनलाइन वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बेलबारी जेसिजको आयोजनामा कोरोना भाइरस नियन्त्रणमा युवाहरुको भुमिका बिषयक राष्ट्रब्यापी अनलाइन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बेलबारी जेसिजले मंगलबार अनलाइन बाटै वक्तृत्वकला प्रतियोगिता संपन्न गरेको हो ।


प्रतियोगितामा पथरी जेसिजबाट सहभागि एलिना दियाली प्रथम भएकी छन । कोहलपुर जेसिजबाट सहभागि कृतिका आचार्य र चक्रघट्टी जेसिजबाट सहभागि प्रेम बस्नेत क्रमशः दोस्रो र तेस्रो भएको बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष रोजश खत्रीले जानकारी दिए । पहिलो, दोस्रो र तेस्रो प्रतिष्पर्धिले क्रमशः ८१.५, ७८.३८ र ७७.८८ अंक प्राप्त गरेका थिए ।

उक्त अनलाइन वक्तृत्वकला प्रतियोगितामा पुर्व देखि पश्चिम सम्मका २० प्रतिष्पर्धीले सहभागिता जनाएको बेलबारी जेसिजले जनाएको छ ।