बैशाख २
र्यापिड डाइग्नोष्टिक टेष्ट (RDT) अर्थात द्रुत निदान परिक्षण विधिबाट बेलबारी नगरपालिकामा १६ जनाको कोरोना परिक्षण भएकोमा सबैको रिपोर्टमा भाइरस संक्रमण नभएको देखिएको छ । र्यापिड टेस्ट किट मार्फत गरिएको परिक्षणका क्रममा १६ जनामै कोरोना नेगेटिभ देखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको हो । विभिन्न देशबाट बेलबारी नगरमा फर्किएका ति व्यक्तिहरुको परिक्षण गरिएको हो । नगरपालिकाले विदेशबाट फर्किएका त्यस्ता व्यक्तिहरुको सुची तयार गरेर निगरानीमा राख्दै आएको बताएको छ । नगरका ९८ जना त्यस्ता व्यक्तिहरुको पहिलो चरणमा र्यापिड टेष्ट किटबाट कोरोना परिक्षण गरिने नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताउनुभएको छ । र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधि वाट गरीएको परिक्षणको नतिजा १५ मिनेटमै आउनेस्वास्थ्यकर्मीहरुले बताएका छन ।
विभिन्न देश बाट बेलबारी नगरमा आएका १ सय ४ जना मध्ये ६ जनाको भने यसअघि नै रियल टाइम पोलीमरेज रियाक्सन प्रविधिबाट कोरोना परिक्षण गरिएको थियो भनै कसैमा पनि कोरोना संक्रमण देखिएको थिएन् ।