नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो, विरगञ्जमा भेटिएका ३ संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ हुँदै


चैत ३०
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ । ङपर्साको विरगञ्जमा स्थित मस्जिदमा बसेका ३ जनामा संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको संकास्पद व्यक्तिहरुको छलिल्लो पुन परिक्षणमा वर्ष ३७, ५५ र ४४ का पुरुषहरूमा संक्रमण पुष्टी भएको हो ।
विरगञ्ज महानगरपालिका २ छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा ती ३ जनामा संक्रमण देखिएको हो ।
नारायणी अस्पताल बिरगंजमा आईसोलेशनमा राखिएका उनीहरुको थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो । पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति चैत २९ गते शनिबार पुन परिक्षण गरिएको हो ।
संक्रमण पुष्टि भएसँगै उनीहरु गएको स्थान तथा भेटेका व्यक्तिहरुको पहिचान गरी कन्ट्याक ट्रेसिङको काम भैरहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।