बेलबारी नगरपालिकाले बाँड्यो ३ हजार ९ सय ४६ परिवारलाई राहत

बेलबारी. मोरङको बेलबारी नगरपालिकाले पहिलो चरणको राहत वितरण संपन्न गरेको छ । पहिलो चरणमा नगरपालिकाले ३ हजार ९ सय ४६ परिवारलाई राहत वितरण संपन्न गरेको हो ।
११ वडा रहेको नगरपालिकाले गत आइतवार देखी दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्ने परिवारलाई राहत वितरण गरेको हो ।

नगरपालिकाले वडा कार्यालयमा राहत सामग्री बुझाएको थियो भने वडा कार्यालयले घरघरमा लगेर बाँडेका छन् । भिडभाड हुन नदिनका लागि घरघरमा राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । पहिलो चरणको राहत वितरण सकिएको र खाना समस्या भएका परिवारहरुको तथ्याक खोजि गरेर नगरपालिकौ गाडीमा घर घरमा राहत पु¥याइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चार जनासम्मको परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो नुन र एउटा साबुन वितरण गरेको छ । त्यसैगरी पाँचजनाभन्दा बढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, एक किलो नुन र एउटा साबुन दिएको छ ।