लकडाउनको अवस्थामा पनि ब्राउन सुगरसहित दुईजना बेलबारीबाट पक्राउ

२६ चैत्र

सरकारले लकडाउन गरेको अवस्थामा पनि लागू औषध ब्राउन सुगरसहित दुईजना मोरङको बेलबारीबाट पक्राउ परेका छन् । लकडाउनको कार्यान्वयन गर्ने काममा सुरक्षाकर्मीको ध्यान केन्द्रित भएको बेला मोरङको बेलबारीबाट प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया–५ घर भएका २७ बर्षीय सन्तोष सिंह र २४ बर्षीय विजय मण्डल रहेका छन् । प्रदेश नं. २ को००१प २६७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई मंगलबार अपरान्ह बेलबारीबाट पक्राउ गरिएको मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए ।

कोरोनाको सन्त्राससँगै लागू भएको लकडाउनका कारण मोरङ प्रहरीले भिडियो कन्फरेन्समार्फत बुधबार पत्रकार सम्मेलन गरि लागू औषधसहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।उक्त ब्राउन सुगर झापाको दमकबाट किनेर ल्याएको पक्राउ परेका व्यक्तिबाट खुलेको प्रहरीले जनाएको छ ।