बेलबारी प्रहरीले पक्राउ गर्‍यो ९ ग्राम बाउन सुगर

सुन्दरहरैचा, ईलाका प्रहरी कार्यालय बेलबारीले ९ ग्राम लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । लकडाउनको चौथो दिन बेलबारी ३ स्थित पुर्व पश्चिम लोकमार्ग सवारी चेकजाच को क्रममा पुर्वबाट पश्चिम तर्फ आएको को २४ प ३२८७ नम्बरको मोटारसाइकललाई चेकजाच गर्दा उक्त लागुऔषध ब्राउन सुगर भेटिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुनराज बुढाथोकी बताए ।

पक्राउ पर्नेमा धनकुटा स्थित छथर गाउपालिका ६ सिधुवा बस्ने वर्ष २३ का मोहन खड्का र तेह्रथुम जिल्ला लालिगुरास नगरपालिकाका ३ बसन्तपुर बस्ने वर्ष ५६ का रमेश कार्की रहेको बुढाथोकीले बताए ।

पक्राउ पर्ने दुवैलाई नियन्त्रण गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।