सयपत्रि मल्टी प्रपोज कम्पनीले असहाय परिवारलाई बाँड्यो राहत

कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा बेलबारी १ मा अवस्थित सयपत्रि मल्टी प्रपोज कम्पनी प्रालि. ले असहाय परिवारलाई राहत बितरण गरेको छ । विगत ५ दिन अघि देखि राहत बितरण गरेको प्रालिले अहिलेसम्म ५६ घर परिवारलाई राहत बितरण गरिसकेको छ ।

बेलबारी १, २ र ३ वडामा रहेका मुसहर, जेष्ठ नागरिक, सुत्केरी महिला भएका परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल, २ केजी चिउरा, २ केजी भुजा लगायतका अत्यावश्यक सामाग्री वितरण गरेको सयपत्रि मल्टी प्रपोज कम्पनी प्रालि.का सन्चालक माधवराज थापाले जानकारी दिए ।
सम्वन्धित वडाका वडाअध्यक्ष तथा टोल बिकास संस्थाका अध्यक्षको समन्वयमा राहत वितरण गरिएको हो । कानेपोखरी गाउपालिका राहत वितरण समितिलाई ३ क्विन्टल चामल बराबरको रकम समेत प्रदान गरेको प्रालिले आगामी दिनमा पनि यो कार्यलाई नियमित गर्ने थापाले जानकारी दिए ।