काँग्रेस बेलबारी १ ले ८० परिवारलाई बाँड्यो राहत

बेलबारी । कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा नेपाली काँग्रेस बेलबारी १ वडा समितिले राहत बितरण गरेको छ । शनिबार वडा भित्रका ८० घर परिवारलाई राहत वितरण गरिएको हो ।

टोल बिकास समितिले छनौट गरेका अति विपन्न ८० घर परिवारलाई १० केजी चामल, चिउरा १ केजी, तेल १ लिटर, साबुन १ डल्ला, दाल १ केजी, नुन १ केजी लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएको वडा सभापति बाबुराम श्रेष्ठले जानकारी दिए ।
वडा सभापति श्रेष्ठको संयोजकत्वमा भएको राहत वितरण कार्यमा क्षेत्रिय सदस्य केदार अधिकारी, युवा नेता राजेशजंग कार्की लगायतको उपस्थिति रहेको थियो ।