बेलबारी १ का वडाबासीलाई अत्यावश्यक सामाग्री घरमै

बेलबारी । कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा सर्वसाधारणको सहजताका लागि बेलबारी नगरपालिका १ नम्बर वडा कार्यालयले घरघरमा खाद्यान्न सामग्री पुर्याउने भएको छ । लकडाउनको समयमा आवश्यक पर्ने खाद्य सामग्री वडाबासीको घरसम्मै ‘डेलीभरी’ गर्ने उद्देश्यले व्यवसायीहरु सँगको समन्वयमा विहिबारबाट सेवा प्रदान गर्न थालिएको बेलबारी १ का वडाध्यक्ष चक्रबहादुर खुलालले जानकारी दिनुभएको छ । वडाबासीले टेलीफोन सम्पर्क गरेर अत्यावश्यक सामग्रीहरु मगाउन सक्ने व्यवस्था मिलाइएको छ । यसरी सामग्री माग भए अनुसार ढुवानी साधन प्रयोग गरेर सम्बन्धित घरसम्मै सामान पुर्याइदिने वडाध्यक्ष खुलालले जानकारी दिनुभएको छ । विहिबारबाट सुरु गरिएको सेवाका लागि टेलीफोन मार्पmत चामल,सब्जी,सेनीटाइजर,फिनेल लगायत सामग्री माग भएको वडा कार्यालयले जनाएको छ । वडाबासीको मागलाई हेरेर दैनिक रुपमा यस्तो सेवा प्रदान गर्ने बेलबारी १ नम्बर वडा कार्यालयको योजना रहेको छ । दिउँसो ३ बजेसम्म सामान अर्डर गर्नुपर्ने र ४ बजेदेखि स्वयंसेवकहरु सामान घर घर पुर्याउन खटिने समय तालिका निर्धारण गरिएको छ । वडाबासीले खाद्यान्न,नुन,तेल,चिनी,चामल लगायत सामग्रीका लागि ९८१७३१५७४७ र ९८१६३०८२३२ मा र साग सब्जीको लागी ९८४२२२८०९४ मा सम्पर्क गर्न सक्ने वडा कार्यालयले सुचना जारी गरेको छ । लकडाउनको पालना गर्दै घरबाहिर निस्कन नचाहने सर्वसाधारणको सुविधाका लागि यस्तो सुरुवात गरिएको वडाकार्यालयले जनाएको छ ।