कोरोना संक्रमण हुनैनदिन युवा जागरणद्वारा बेलबारी नगरको ध्यानाकर्षण

चैत ३
कोरोना भाइरस संक्रमण हुन नदिन तथा कोरोनाको बहानामा हुनसक्ने कालोबजारी रोक्न मागसहित युवा जागरण अभियान नेपालले बेलबारी नगरपालिकामा सोमबार ज्ञापनपत्र बुझाएको छ । युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेत सहितको टोलीले बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली र प्रवक्ता योगेन्द्र सुवदीलाई ज्ञापनपत्र बुझाएका हुन् । कोरोनाको संक्रमण हुनै नदिन आवश्यक सम्पुर्ण पुर्वतयारी,सचेतना तथा सुरक्षात्मक विधि बारे जानकारी गराउन तथा सुरक्षात्मक सामग्री सहज उपलब्ध हुने अवस्था निर्माण गर्न युवा जागरणले माग गरेको हो । कोरोना संक्रमणको वहानामा अत्याबश्यक सामाग्रीहरु को कृत्रिम अभाव सिर्जना हुन नदिन बजार अनुगमन सहितनका प्रभावकारी कदम चाल्नुपर्ने, खाना पकाउने ग्याँस,पेट्रोलियम पदार्थ,खाद्यान्न,औषधी,माक्स लगायतका सामाग्रीहरुको बिक्री बितरण सहज बनाईनुपर्ने पनि युवा जागरणले माग गरेको छ । बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले कोरोना भाइरस संक्रमण हुननदिन आवश्यक पुर्वतयारी अपनाइने र चेतनामुलक कार्यक्रमहरु पनि गरिने बताउनुभएको छ । नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले बजार अनुगमन गर्ने र कृत्रिम अभाव सिर्जना हुन नदिने बताउनुभएको छ ।