बेलबारीमा असहायका लागि १ सय घर बन्दै

बेलबारी ÷ मोरङको बेलबारी नगरपालिकाले असहाय परिवारलाई घर बनाइदिने भएको छ । नगरपालिकाले गरिव, असहाय, एकल, दलित तथा पिछडा वर्गहरुलाई घर बनाइदिने भएको हो ।
सहारा नेपाल, र ह्याविटेड नेपाल सँगको सहकार्यक्रमा १ सय परिवारलाई घर बनाइदिने योजनाअनुसार घर निर्माण गर्न सुरु समेत भएको छ । घर बनाउन बेलबारी ११ वाट सुरु गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ११ लक्ष्मीमार्गमा मेयर ज्ञानेन्द्र सुवेदिले शिलान्यास गरेका छन् । १, २, ३, ४, र ११ नम्बर वडामा पहिलो चरणमा घर बनाइने नगरपालिकाले जनाएको छ । ३ लाख मुल्य बराबरको एउटा घर तयार हुने छ । नगरपालिकाको १ लाख ५० हजार, सहारा नेपाल ह्याविटेड नेपालको १ लाख र ३५ देखी ५० हजार सम्मको श्रमदान लगानी हुने जनाइएको छ । भुई ढलान गरी पक्की पिल्लर सहितको टिनको छानो भएको ३ कोठे घर निर्माण गर्न लागिएको हो ।