बेलबारी नगरमा खेलकुद विकास समिति गठनको बाटो खुल्यो


फागुन ३०
बेलबारी नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ । विहिबार र शुक्रबार दुईदिन चलेको नगरसभाले २ वटा ऐनहरु समेत पारित गरेको छ । नगरसभाले खेलकुद ऐन र सार्वजनिक सम्पति संरक्षण ऐन पारीत गरेको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभएको छ । ऐन पारीत भएसँगै खेलकुद बिकास समिति गठन गर्ने वाटो समेत खुलेको छ भने सार्वजनिक जग्गाहरुको संरक्षण सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने समेत वाटो खुलेको छ ।
नगरसभाले विभिन्न विकास निर्माण तथा अन्य कार्यहरुका लागि बजेट व्यवस्थापन गरिदिन प्रदेश तथा संघिय सरकारसँग माग समेत गरेको छ । कोल्ड स्टोर,आईसिटि सेन्टर,फुटबल रंगशाला, कृषि क्षेत्रको बिशेष कार्यक्रम, कृषि मार्ग,सामुदायिक भवन, हुलाकि मार्ग,वडा नम्बर ४ र ५ जोडने सडक निर्माणका लागि बजेटको ब्यबस्थापन गरिदिन प्रदेश तथा संघिय सरकारसँग नगरसभाले माग गरेको मेयर सुवेदिले बताउनुभयो । नगरसभामा अहिले गरीएका कामहरुको समेत समिक्षा गरीएको छ ।
यस्तै नगरसभाले फाहोरमैला ब्यबस्थापन बिद्युत उत्पादनका लागि लिभ्रा टेक्नोलोजि कम्पनिसँग गरीएको सम्झौताको समेत अनुमोदन गरेको छ । केहि दिन अघि मोरङका ६ वटा पालिकाहरुले ३ वटा योजनाको एकै पटक सम्झौता गरेका थिए । बेलबारी ,सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले सम्झौता गरेका हुन् ।।
बैशाख महिना भित्रै बिकास निर्माणका योजनाहरु सम्पन्न गर्न समेत मेयर सुवेदीले अन्य जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको बताइको छ । गत असारमा सम्पन्न भएको चौथो नगरशभाले पनि बैशाख महिना भित्र बिकास निर्माणका काम सक्ने निर्णय गरेको थियो ।