डा. सुनिल शर्माले मन्दिरलाई दिए एम्बुलेन्स

बेलबारी । २४ फाल्गुन । नोबेल शिक्षण अस्पताल बिराटनगरका सन्चालक डा. सुनिल शर्माले सुन्दरहरैचा नगरपालिका १२ मा अवस्थित एक मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका छन । सुन्दरहरैचा १२ शुक्रबारेमा अवस्थित श्री शक्रेश्वर शिव पान्चायन मन्दिरलाई डा. शर्माले एम्बुलेन्स प्रदान गरेका हुन ।

मन्दिरको प्राङ्गणमा शनिबार एम्बुलेन्स हस्तान्तरण कार्यक्रमको आयोजना गरेर मन्दिर ब्यबस्थापन समितिलाई डा. शर्माले एम्बुलेन्सको चावी दिए ।
कार्यक्रममा बोल्दै डा. शर्माले सामान्य आर्थिक अवस्था भएको परिवारलाई ५० प्रतिशत छुट र बिपन्न बर्गलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने व्यबस्था मिलाइएको बताए । साथै उनले मन्दिरको हितमा केहि दिनभित्रै १ लाखको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता गरे ।

सुन्दरहरैचा नगरपालिका प्रमुख शिव प्रसाद ढकालले नगरभित्रका बिपन्न बर्गको स्वास्थ्य क्षेत्रमा सहयोग पुग्नेगरि एम्बुलेन्स प्रदान गरेकोमा डा. शर्मालाई हार्दिक आभार तथा धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रममा सुभकामना मन्तव्य राख्दै ढकाले मन्दिर क्षेत्रको केहि भागमा घेराबारा गर्न बाँकी काम पनि नगरको तर्फबाट चाँडै सम्पन्न गर्ने बताए ।

कार्यक्रममा मन्दिर व्यबस्थापन समितिले डा. शर्मालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको थियो । विपन्न, असहाय तथा सम्पुर्ण नगरबासीका लागि स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले एम्बुलेन्स प्रदान गरेकोमा उच्च मुल्याङ्कन गर्दै डा. शर्मालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको मन्दिर ब्ययस्थापन समिति अध्यक्ष जय कुमार श्रेष्ठले बताए । डा. शर्माकै प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रमको अध्यक्षता मन्दिर व्यबस्थापन अध्यक्ष जय कुमार श्रेष्ठले गरेका थिए । सुन्दरहरैचा १२ र ११ का अध्यक्ष क्रमशः रोशन ढकाल र बिसनलाल चौधरी, प्रदेशसभा सदस्य उमेद्वार ललित श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
मन्दिर व्यबस्थापन उपाध्यक्ष टिका प्रसाद सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रम स–सचिव हिमाल अधिकारीले सन्चालन गरेका थिए ।