पत्रकार पौडेलको उपचारका लागि १ लाख २० हजार संकलन

२३ फाल्गुन । व्लडक्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारकालागि गठित सहयोग समितिले १ लाख २० हजार ६ सय संकलन गरेको छ । कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङले शुक्रबार प्रेस विज्ञप्ति मार्फत संकलन भएको रकम सार्बजनिक गरेको हो ।

उत्तरी मोरङका विभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट उक्त रकम संकलन भएको थियो । ब्लड क्यान्सरबाट पिडित भएर काठमान्डौको सिभिल अस्पतालमा उपचाररत पत्रकार पौडेलको उपचारमा सहयोग पु¥याउने हेतुले गत फाल्गुन ५ गते बेलबारी, सुन्दरहरैँचा, लेटाङ, केराबारीका पत्रकारहको एक भेलाले पत्रकार केशु विरहीको संयोजकत्वमा ‘कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ’को गठन गरेको थियो ।

संकलित रकम सम्बन्धित बैंक खातामा पठाइसकेको र सहयोग अभियान जारी रहने पनि समितिले जनाएको छ ।