देवीथान सामुदायिक बनको साधारणसभा

२३ फाल्गुन । देवीथान सामुदायिक बन उपभोक्ता समूहको १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । मोरङ बेलबारी ४ मा अवस्थित समूहले शुक्रबार साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा कार्यसमितिको तर्फबाट अध्यक्ष नारायण कुमार सुनुवारले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत बार्षिक प्रतिवेदनमा अध्यक्ष सुनुवारले विपन्नमुखी कार्यक्रम अन्तर्गत बाछी, बंगुर, जस्तापाता, छात्रवृति वितरण साथै सौचालय निर्माण, कुक तालिम प्रदान गरेको बताए । ५७ लाख ३९ हजार ६ सय ४७ आय भएकोमा २ लाख २२ हजार १ सय ७५ बैंक मौज्दात रहेको र बाँकी रकम खर्च भएको आय व्यय विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष उमा राईले बताइन । कार्यक्रममा सचिव रीता भण्डारीले नीति, कार्यक्रम तथा बजेत प्रतिवेदन प्रस्तुत गरेकि थिइन ।

कार्यक्रममा वनलाई अतुलनिय योगदान दिएकोमा पुर्व अध्यक्ष गिता प्रसाद न्यौपाने र पुर्व सदस्य तिर्जामणि राईलाई जनही नगद ५ हजार ५५ सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुवेदिको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रमको सभापतित्व समुहका अध्यक्ष नारायण कुमार सुनुवार रहेका थिए ।