नेविसंघ बेलबारी नगर सभापतिमा सन्तोस भट्टराई

फागुन २२

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन बेलबारी नगर समितिको सभापतिमा सन्तोष भट्टराई चयन हुनुभएको छ । बेलबारीमा बुधबार भएको भेलाद्वारा भट्टराईको सभापतित्वमा समिति गठन गरिएको हो । नवगठित नेवि संघ बेलबारी नगर समितिको उपसभापतिहरुमा किशोर गौतम,सन्दिप हुमाँगाई सचिबमा दिल बहादुर श्रेष्ठ(सुमन) सह सचिबमा सञ्जिव कटुवाल र कोषाध्यक्षमा उमा खड्का निर्बिरोध चयन भएका छन । कांग्रेस नेताहरु महेन्द्र सुवेदी,नगेन्द्र कट्टेल,राजकुमार लिम्बु लगायतको उपस्थितिमा भएको भेलाले समिति गठन गरेको थियो ।