बेलबारीमा जारी महोत्सवमा आज सोमबार गायिका आस्था राउतको प्रस्तुती


फागुन १९
बेलवारीमा जारी आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवमा आज सोमबार गायिका आस्था राउतले आफ्नो सांगितिक प्रस्तुती दिनुहुने भएको छ । महोत्सवको तेस्रो दिन आज आस्थाको प्रस्तुती रहने अयायोजक आदिवासी जनजाति महासंघ बेलाबारीले जानकारी दिएको छ । आस्था सँगै बेलबारीको चर्चित ब्याण्ड टिकाहाङ एण्ड द्रव्यको पनि प्रस्तुती रहने छ । महोत्सवमा आकर्षक नृत्य प्रस्तुतीहरु पनि रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा भोली मंगलबार गायक साजन राई र गायिका सुनिता थेगिमको सांगितिक प्रस्तुती रहनेछ । यसअघि आइतबार हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीको प्रमुख प्रस्तुति रहेको थियो । आदिवासी जनजाति महासंघ बेलबारीको आयोजनामा बेलबारी ३ स्थित पेट्रोलपम्प दक्षिणमा भैरहेको महोत्सव फागुन २४ गते सम्म चल्नेछ ।