क्यान्सरबाट पिडित पत्रकार पौडेलको उपचारका लागि शिक्षा सन्देश स्कुलको सहयोग


फागुन १६
व्लडक्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि बेलबारी २ मा रहेको शिक्षा सन्देश इंगलिस स्कुलले १० हजार ८ सय रुपैया उपलव्ध गराएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरुले संकलन गरेको रकम शुक्रबार “कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ’ लाई हस्तान्तरण गरेको हो ।
पत्रकार पौडेलको उपचारमा सहयोग जुटाउने अभिप्रायका साथ बिहिवार मात्र बेलबारी, सुन्दरहरैंचा र केराबारीका पत्रकारहरुको बेलबारीमा बसेको भेलाले पत्रकार केशु विरहीको संयोजकत्वमा “पत्रकार कमल पौडेल सहयोग समिति’’ गठन गरेको थियो ।
एउटालाई दुख्दा अर्कालाई पनि पीडा हुने नेपाली संस्कृति रहेकोले आफूहरु पत्रकार पौडेलको उपचारमा सहयोग जुटाउन लागिरहेको समितिका संयोजक केशु विरहीले जानकारी दिनुभएको छ । सहयोग संकलन जारी रहेको, र आईतबार सम्ममा जम्मा भएको रकम उपचार कोषमा जम्मा गरिने उहाँले बताउनुभएको छ । पत्रकार पौडेल नेपाल समाचार पत्र दैनिक हुँदै मकालु टेलिभिजनमा समाचार प्रमुखको रुपमा कार्यरत भएकै बेलामा व्लड क्यान्सरबाट ग्रसित भएर हाल काठमाडौमा रहेको निजामति अस्पतालमा उपचाररत रहनुभएको छ ।