सिद्धार्थ सेकेण्डरी स्कुलले मनायो रजत जयन्ती : कानुनमन्त्री तुम्वाहाम्फे प्रमुख अतिथी

फागुन ७
कानुन,न्याय तथा संसदिय मामिला मन्त्री डाक्टर शिवमाय तुम्बाहाम्फेले संघियता कार्यान्वयन थप व्यवस्थित गर्न ३ वटै तहबिच समन्वयकारी वातावरणका ऐन निर्माणको क्रम अघि बढेको बताउनुभएको छ । बुधबार सुन्दरहरैँचा १० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोहमा बोल्दै मन्त्री तुम्बाहाम्फेले संविधानले निर्दिष्ट गरेको संघिय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने क्रममा रहेकाले विस्तारै व्यवस्थित हुँदै गएको पनि दावी गर्नुभएको छ । मन्त्री तुम्बाहाम्फेले संघले प्रदेशको अधिकार खोस्यो भन्ने कुराहरु पनि सुन्ने गरिएको भन्दै सबै तहको अधिकार संविधानको अनुसुचीमा स्पष्ट रहेकाले एकले अर्काको अधिकार खोस्न नसक्ने पनि स्पष्ट पार्नुभएको छ ।‘संघ,प्रदेश र स्थानिय तहको अधिकार संविधानको अनुसुचीमा उल्लेख छ ।’ मन्त्री तुम्बाहाम्फेले भन्नुभयो‘संविधानले सुनिश्चत गरेको अधिकार कसैले पनि खोस्न मिल्दैन ।’ अहिले कानुन निर्माणको क्रम रहेकाले संघ,प्रदेश र स्थानिय तहले पनि संविधान सँग बाझिने कानुन निर्माण गर्न नमिल्ने र गरेमा त्यो निस्क्रिय हुने मन्त्री तुम्बाहाम्फेले बताउनुभएको छ ।
मौलिक हकसँग सम्बन्धित १६ वटा ऐन निर्माण भैसकेको र अहिले ती ऐनहरुलाई कार्यान्वयन गर्न नियमावली निर्माण गर्ने काम पनि तिब्र गतिमा अघि बढेको मन्त्री तुम्बाहाम्फेले बताउनुभएको छ । मन्त्री तुम्बाहाम्फेले सिद्धार्थ सेकेण्डरी स्कुलले शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै २५ वर्ष पुरा गरेकोमा बधाई तथा आउँदा दिनका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ । स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले स्कुलले २५ औ बर्ष पुरा गर्दैगर्दा धेरै देशका लागि धेरै दक्ष जनशक्ति उत्पादन समेत गरेको जानकारी दिनुभयो । स्कुलमा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्षमता विकासका लागि सबै खालका प्रयासहरु गरिने प्रतिवद्धता जनाउनुभएको छ । शिक्षा तथा अन्य क्षेत्रमा र आफ्नो स्कुलको विकासमा योगदान गर्ने हरेक व्यक्तिलाई आफ्नो रजत जयन्तीको अवसरमा स्कुलले सम्झिएको छ । भाषा,सञ्चार लगायत समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति,स्कुलका पुर्व सञ्चालक,पुर्व शिक्षक, कार्यरत शिक्षक तथा कर्मचारी लगायतलाई स्कुलले सम्मानपत्र तथा कदरपत्र सहित सम्मान समेत गरेको छ । स्कुलले रजत स्मारक पनि निर्माण गरेको छ भने सिद्धार्थका २५ औं पाइलाहरु नामक स्मारिका समेत प्रकासन गरेको छ । मन्त्री तुम्बाहाम्फेले स्मारिका सार्वजनिक गर्नुभएको थियो । रजत जयन्तीकै अवसर स्कुलले शैक्षिक प्रदर्शनी समेत गरेको छ । ३९ वटा स्टलहरुमा विद्यार्थीको क्षमता एवम् कलाकारिता झल्कने सामग्री प्रदर्शनीमा राखिएको छ ।


स्कुलका फाउन्डर प्रिन्सिपल अर्जुन बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रशाद ढकाल,प्याव्सन प्रदेश १ का अध्यक्ष युवराज वाशिष्ट लगायतको सहभागी हुनुहुन्थ्यो । रजत जयन्ती विशेष कार्यक्रम विहिबारसम्म चल्ने स्कुलका भाइस प्रिन्सिपल जेबी थुलुङले जानकारी दिनुभएको छ ।