बेलबारीमा राष्ट्रपति रनिङशिल्ड जारी

बेलबारी÷ मोरङको बेलबारीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुधवार बिभिन्न खेल सम्पन्न भएका छन । छात्र तथा छात्रा भलिवल, एथलेटिक्स, छात्र÷छात्रा दुवै तर्फबाट सय मिटरको दौड, दुई सय मिटरको दौड, चार सय मिटरको दौड, ८ सय मिटरको दौड, १५ सय मिटरको दौड, ३ हजार मिटरको दौड, छात्र छात्रा कपरडि खेल सन्चालन भएको नगरपालिकाका शिक्षा शाखाका प्रमुख भुपेन्द्र प्रसाद कोइरालाले बताए । लक्ष्मीमाविको खेलमैदानमा भएको भएको प्रतियोगितामा २८ विद्यालयका विद्यार्थी सहभागी रहेका छन् । मंगलबारबाट सुरु प्रतियोगिता बिहिबारसम्म चल्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।