बेलबारीस्थित दुर्गा मन्दिर परिषरमा बुद्धको सहित ५ मन्दिर उद्घाटन : अतिथी गृहको शिलान्यास

फागुन ९
बेलबारी १ स्थित दुर्गा मन्दिर परिषरमा नव निर्मित विभिन्न मन्दिरहरुको प्राण प्रतिष्ठा,उद्घाटन तथा पुजा प्रारम्भ गरिएको छ । शुक्रबार आयोजित कार्यक्रमका विच मन्दिर परिषर भित्र निर्माण हुने अतिथी गृहको समेत शिल्यानास गरिएको छ । दुर्गा मन्दिर परिषर भित्र नव निर्मित दुर्गेश्वर शिव मन्दिर,वुद्ध भगवानको मन्दिर,बजरंगबली हनुमान मन्दिर, शनिदेव र कालभैरव मन्दिरको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख जगतगुरु अनन्त श्री विभुषित वालसन्त मोहनशरण देवाचार्य र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा मन्दिर उद्घाटन एवम् अतिथी गृहको शिलान्यास गर्नुभएको हो । मन्दिर परिषरमा निर्मित दुर्गेश्वर शिव मन्दिर बेलबारी १ का विन्ध्यान्चल प्रसाद साहले आफ्ना आमावुवाको स्मृतिमा निर्माण गरिदिनुभएको हो ।साह दुर्गा दुर्गामन्दिर सञ्चालक समितिको अध्यक्ष समेत हुनुहुन्छ । यस्तै बजरंगवली हुनमान र शनीदेवको मन्दिर बेलबारी ३ का ताराविर कार्कीको परिवारले आमावुवाको स्मृतिमा निर्माण गरिदिएको हो । बेलबारी ३ का नवराज सुवेदीले आफ्ना वुवाको स्मृतिमा वुद्धको मन्दिर र बेलबारी १ का भिम खत्रीले आमावुवाको स्मृतिमा काल भैरव मन्दिर निर्माण गरिदिनु भएको कार्यक्रम संयोजक उपेन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बालसन्त मोहनशरण देवाचार्यले हामीले आफ्नै ठाउँ र देशमा रहेका धार्मिक महत्वका स्थल र नदिनालाहरुलाई चिन्न सक्नुपर्ने बताउनुभएको छ । वेद,पुराणहरुमा नेपालका धेरै पवित्र स्थलहरुको उल्लेख रहेको चर्चा गर्दै बालसन्तले धर्म कमाउने भन्दै भारत सम्म धाउने चलन त्यागेर आफ्नै स्थललाई पुजा गर्नुपर्ने बताउनुभएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले दुर्गा मन्दिर परिषर भित्रे अतिथी गृहका निर्माणका लागि नगरपालिकाले सहयोग र योगदान गर्ने आश्वासन दिनुभएको छ । दुर्गा मन्दिर सञ्चालक समितिका अध्यक्ष विन्ध्यान्चल प्रसाद शाहको सभापतित्वमा भएको कार्यक्रममा नेपाल हिन्दु परिषदका केन्द्रिय अध्यक्ष देवराज अधिकारी, बेलबारी नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष एवम् नगरप्रवक्ता योगेन्द्र सुवेदी, १ का वडाध्यक्ष चक्रबहादुर खुलाल, ५ का विश्वबन्धु बस्नेत,७ का वडाध्यक्ष चेतराज बस्नेत,११ का यामबहादुर पोख्रेल, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीका अध्यक्ष तिलक राई,मन्दिर समितिका सल्लाहकार महेन्द्र सुवेदी लगायत बेलबारीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।