बेलबारीमा राष्ट्रपति रनिङ शिल्ड : २८ विद्यालय सहभागी

फागुन ६
मोरङको बेलबारी नगरपालिकामा मंगलवार देखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।लक्ष्मी माविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा महिला÷पुरुष भलिबल र महिला–पुरुष कबड्डी प्रतियोगिता समावेस छन् । यस्तै, एथलेटिक्स अन्तर्गत पुरुष र महिला दुवै सहभागी हुने १ सय मिटर, दुई सय, चार सय, ८सय, १५ सय र ३ हजार मिटर दौड सञ्चालन भैरहेको बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र प्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।
यस्तै महिला र पुरुषको रिले दौडका साथै महिला र पुरुषको सटपुट, ज्याबलिङ थ्रो, लङजम्प, हाइजम्प प्रतियोगिता भइरहेको कोइरालाले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन प्रदेश १ का सांसद राजकुमार ओझाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रम बेलबारी नगरपालिकाकी उप पेयर ढाका कुमारी पराजुलिको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगितामा नगरपालिकाका २८ बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको छ ।