तराई यातायात व्यवसायी संघको पुर्व क्षेत्र उपाध्यक्षमा बेलबारीका राजेन्द्र अधिकारी विजयी

फागुन ४
तराई यातायात व्यवसायी संघ सिमराको पाँचौ अधिवेसनले छानेको नयाँ कार्यसमितिमा बेलबारीका राजेन्द्रबहादुर अधिकारी पुर्व क्षेत्र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । आइतबार विहान सार्वजनिक मत परिणाम अनुसार अधिकारी ६ सय ४६ मत सहित विजयी हुनुभएको हो । अधिवेसनले शंकर कुमार बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । बिष्टले ६ सय २८ मत ल्याउनुभएको छ । बिष्टका प्रतिस्पर्धी उम्मेदवार जगरनाथ प्रसाद कल्वारले ५ सय ४५ मत ल्याउनुभएको हो । बिष्टले कल्वारलाई ८३ मत अन्तरले पराजित गर्नुभएको छ ।


यता बरिष्ठ उपाध्यमा कलवारको प्यानलबाट उम्मेदवारी दिएका हरि शरण अधिकारी विजयी हुनुभएको छ । अधिकारीले जम्मा ६ सय ४७ मत ल्याउनुभएको छ । प्रतिष्पधी उम्मेदवार कृष्ण प्रसाद ढुंगेललाई १४५ मतले पछि पार्दै अधिकारी बिजयी हुनुभएको हो
आगामी तीन बर्षे कार्यकालका लागी नयाँ कार्यसमिति चयन गर्न शनिबार भएको मतदानमा एक हजार एक सय ९६ मत खसेको थियो ।
अध्यक्षका उम्मेदवार शंकर कुमार बिष्ट र जगननाथ प्रसाद कलवार छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचन कमिटी सदस्य बसन्त खतिडाका अनुसार बरिष्ठ उपाध्यक्ष बाहेकका सबै पदमा शंकर बिष्टको प्यानल बिजयी भएको छ ।