बेलबारी आइडल २ का उत्कृष्ट १० छानिए : चैत १ गते विजेता छानिने


फागुन ३
गायन क्षेत्रको प्रतिष्पर्धात्मक कार्यक्रम ‘सुर सप्तक बेलबारी आइडल २’ का  फाइनल प्रतिष्पर्धीहरु छनौट भएका छन् । शनिबार बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा आयोजित आइडलको सेमीफाइलन चरणको प्रतिष्पर्धाबाट उत्कृष्ट १० फाइलनस्टि छनौट भएका हुन् । ३ जना बैकल्पिक प्रतिष्पर्धी पनि छनौट भएका छन् । सेमीफाइलनमा २१ जना प्रतिष्पर्धी रहेका थिए । २१ मध्येबाट फाइनलिस्ट छनौट भएका हुन् । उत्कृष्ट १० मा रितेस तिम्सिना,रविसन खत्री,नवीन कोइराला,सर्मीला दाहाल,सुनिल चौधरी, डम्बर सुन्दास,रालोन राई, विनुका बास्तोला,मुस्कान सुनार र सुवास राई छनौट भएका हुन् । त्यस्तै बैकल्पिकमा विवस खड्का,साहिल घिमिरे र प्रभा खतिवडा छनौट भएका आयोजक स्रष्टा समाज बेलबारीले जनाएको छ । उत्कृष्ट १० भित्रका कोही प्रतिष्पर्धी अनुपस्थित भएमा वैकल्पिकले मौका पाउने बेलबारी आइडल २ का संयोजक जेवी थुलङले जानकारी दिनुभयो । अब यी उत्कृष्ट १० मध्येबाट बेलबारी आइडल २ को टाइटल विजेताको छनौट हुनेछ । बेलबारी आइडलको फाइनल आउँदो चैत १ गते आयोजना हुँदैछ । गत माघ १७ गते अडिसनसहित सुरु भएको आइडलको यो संस्करणमा २ सय जना छनौट छरणमा सहभागी भएका थिए । ती मध्ये ६१ जना छनौट चरण पार गर्दै प्रि सेमीफाइनलमा पुगेका थिए । ६१ बाट छानिएका २१ मध्ये उत्कृष्ट १० छानिएका हुन् ।