सुन्दरहरैँचा १२ राधाकृष्ण मन्दिरमा महायज्ञ तथा सांस्कृतिक महोत्सव हुने

फागुन ३
सुन्दरहरैँचा १२ स्थित राधाकृष्ण वहुउद्देश्यिय परोपकार संस्थाले यहि फागुन २१ गतेबाट श्रीमद् भागवत ज्ञान महायज्ञ धान्याचल पर्व तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । बहुउद्देश्यिय सामुदायिक भवन निर्माण तथा अक्षय कोष स्थापना लगायत उद्देश्य राखेर महायज्ञ आयोजना गर्न लागेको संस्थाले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ ।
राधाकृष्ण मन्दिरमा आयोजना हुने महायज्ञ तथा सांस्कृतिक महोत्सव फागुन २१ देखि २८ गतेसम्म चल्ने संस्थाका सचिव माधावप्रसाद दाहालले जानकारी दिनुभएको छ । नेपाल सरकारले भ्रमणवर्ष २०२० का लागि अन्तराष्ट्रिय आध्यात्मिक पर्यटन प्रवद्र्धन सद्भावना दुतका रुपमा नियुक्त भागवत रसिक आचार्य भुवन घिमिरेले संगितमय भागवत कथा प्रस्तुत गर्नुहुने भएको छ । आचार्य कृष्ण खतिवडाको पनि मुलपाठ तथा महात्म्य प्रवचन हुने सचिव दाहालले जानकारी दिुभएको छ । कलशयात्र सहित फागुन उद्घाटन हुने महायज्ञ अवधीभर हरेक दिन राष्ट्रिय ख्यातीप्राप्त तथा गुजरातबाट आउने प्रख्यात बेञ्जोबाधक सहितको भक्ती संगित,रुद्री गिता पाठ,ब्यासाचार्यबाट महात्म्य कथा,झाँकी,चेतनामुलक नाटक लगायत प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।
महायज्ञमा जिन्सी तथा नगद सहयोग गर्न सकिने साथै आफ्ना दिवंगत पितृहरुको सम्झनामा,आफ्नो नाममा तथा संस्थाको नाममा समेत अक्षयकोष निर्माणका लागि सहयोग गर्न सकिने आयोजकले जनाएको छ ।
महायज्ञबाट ५० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष गणेशप्रसाद फुँयलले जानकारी दिनुभएको छ । अक्षयकोषबाट आउने नियमित रकम मन्दिर सञ्चालन तथा व्यवस्थापनको कामका साथै मन्दिरमा सञ्चालित संस्कार पाठशालाको निरन्तरतामा खर्च गर्ने लक्ष्य रहेको अध्यक्ष फुँयलले बताउनुभएको छ । सामुदायिक भवन समेत निर्माण गर्ने आफुहरुको योजना रहेको उहाँले जानकारी दिनुभएको छ ।