नेविसंघ बेलबारी क्याम्पस इकाइ समितिको आयोजनामा मन्टेस्वरी तालिम

नेपाल विद्यार्थी संघ बेलबारी बहुमुखी क्याम्पस इकाइ समितिले दुई दिवसीय मन्टेस्वरी तालिमको आयोजना गरेको छ । फाल्गुन ३ र ११ गते दुई दिन समितिले निशुल्क मन्टेस्वरी तालिमको आयोजना गरेको हो ।
सनिबार बेलबारी उद्योग वाणिज्य संघको हलमा तालिमको उद्घाटन भएको छ । पहिलो दिन बेलबारी बहुमुखि क्याम्पस र सुकुना क्याम्पसका ९९ जना विद्यार्थीहरुलाई मन्टेस्वरी सम्बन्धी बिषयमा सपना काफ्लेले प्रशिक्षण दिएको नेविसंघ इकाई समितिका पुष्कल सुवेदीले जानकारी दिए । विद्यार्थीहरुमा क्षमता बिकासका साथै रोजगारीको समेत श्रृजना हवोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।