सुन्दरहरैँचामा भएको दुर्घटनामा २ जनाको ज्यान मृत्यु


फागुन ३
पुर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचाको सलकपुरमा शुक्रबार मध्यरातमा भएको सवारी दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । को ३७ प १७ र को ३४ प ६६०२ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा सुन्दरहरैँचा ८ बस्ने २७ वर्षिय विशाल खत्री र सुन्दरहरैँचा १२ का २५ वर्षिय अर्पण गुरागाई रहेको प्रहरीले जनाएको छ । दुर्घटनमा संखुवासभाका चैनपुर २ का २१ वर्षिय लक्ष्मण खत्री र सुन्दरहरैँचा ८ का २० वर्षिय प्रविण थापा गम्भिर घाइते भएका छन् ।