मोरङका ६ स्थानीय तहले फोहोर प्रसोधन गरेर मल र ग्याँस उत्पादन गर्ने

फाल्गुन २ । मोरङका केही स्थानीय तहले फोहोर प्रसोधन गरेर मल र ग्याँस उत्पादन गर्ने भएका छन । बेलबारी, सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका, केरावारी र कानेपोखरी गाँउपालिकाले संयुक्तरुपमा दैनिक संकलन हुने फोहोरलाई प्रसोधन गरेर मल र ग्याँस उत्पादन गर्ने भएका हुन ।
शुक्रवार वैकल्पीक उर्जा प्रबधन केन्द्र काठमान्डौमा सम्भाब्यता अध्यनका लागि पालिकाहरुले सम्झौता समेत गरेका छन् । अन्तरपालिका समन्वय समितिका संयोजक तथा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदिले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
वैकल्पिक उर्जा प्रबर्धन केन्द्रले सम्भाब्यता अध्यन गरेर प्रतिबेदन बुझाएपछि दैनिक संकलन हुने फोहोरमा मिसिएर आउने फलाम, काँच, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिकका बोतल, कार्टुन छानेर बिक्री गर्ने र बाँकी रहेको फोहोरलाई ‘ल्याण्डफिल’साइडमा जम्मा गरेर मल सँगै उर्जाका लागि ग्यास समेत निकाल्ने योजना रहेको मेयर सुवेदीले बताए ।