लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार १ को मृत्यु

बेलबारी । मोरङको बेलवारी नगरपालिका(११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
आज बिहान पौने १० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ४० प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुर चालक बेलवारी नगरपालिका(१ का ५५ बर्षीय नर बहादुर खड्का र सोही स्कुटरमा पछाडी सवार रहेका ५९ बर्षीय दिल बहादुर खड्का घाईते भएका थिए ।
घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा दिल बहादुर खड्काको पौने १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । ट्रक र ट्रक चालकलाई प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएको छ ।