आयो बेलबारीमै दमकल : परिक्षण पनि गरियो

बेलबारी नगरपालिकाले खरिद गरेको दमकल लोहन्द्रा खोलामा परिक्षण गरिँदै


माघ २७
चालु आर्थिक वर्षको बजेट योजना अनुसार बेलबारी नगरपालिकाले दमकल खरिद गरेको छ । सुख्खा याम सुरु हुने र आगलागीको जोखिम हुनसक्ने समय नजिकिँदै गर्दा नगरपालिकाले खरिद गरेको दमकल सोमबार नगरपालिका आइपुगेको छ । स्यानो इन्टरनेसनल प्रा.लि. काठमाण्डौ मार्फत दमकल खरिद गरिएको बेलबारी नगरपालिकाका सुचना अधिकारी महेन्द्र खड्काले जानकारी दिनुभएको छ । दमकल खरिदको लागत ५८ लाख रुपैयाँ रहेको पनि खड्काले जानकारी दिनुभयो । स्यानो इन्टरनेसनल प्रालीका प्राविधिक राजु केसीका अनुसार यो दमकलमा मोनीटर प्रविधि जडान छ भने परिस्किृत प्रविधिमा आधारित रहेको छ । मोनीटर प्रविधि मार्फत खुलाक्षेत्रमा फैलिएको आगो निभाउन सजिलो हुन्छ । ‘वाटर पम्प’ पनि नयाँ प्रविधीमा आधारित रहेको छ । दमकलमा पानी सञ्चय गर्ने ३ हजार ५ सय लिटर क्षमताको ट्याङ्की रहेको छ । त्यस्तै अति प्रज्वलनशिल पेट्रोलियम पदार्थमा लाग्ने आगो नियन्त्रणका लागि प्रयोग हुने ‘फर्म’ सञ्चित गर्ने ५ सय लिटर क्षमताको ट्याङ्की रहेको केसीले जानकारी दिनुएको छ ।
बेलबारी स्थित लोहन्द्रा खोलामा लगेर दमकलको परिक्षण समेत गरिएको छ । प्राविधिक केसीले बेलबारीका नगरप्रहरी एवम् चालकलाई दमकल सञ्चालन र आगो नियन्त्रण विधीबारे प्रशिक्षण समेत दिनुभएको छ ।
तत्काललाई नगरमै रहेका जनशक्तिलाई प्रशिक्षित गरेर दमकल सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।