अनेरास्ववियुद्वारा आयोजित अन्तर मावि छात्रा भलिवलको उपाधि भगवती माविलाई

अनेरास्ववियु बेलबारी बहुमुखी क्याम्पस कमिटीको आयोजनामा शुक्रबार अन्तर मावि छात्रा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । बेलबारी ३ स्थित भगवती माविमा भएको प्रतियोगिता बेलबारी नगरपालिका भित्रका माध्यमिक विद्यालयका महिला विद्यार्थी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा भगवती मावि विजेता र बेलबारी ११ स्थित लक्ष्मी मावि उपविजेता बनेका छन् । विजेता तथा उपविजेता टिमले शिल्ड,पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा बेलबारी २ स्थित शिक्षा सन्देश इङ्गलीस स्कुल,बेलबारी ४ स्थित कसेनी मावि र बेलबारी ५ स्थित धनपाल माविले पनि सहभागिता जनाएका थिए ।
अनेरास्ववियु बेलबारी वहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रविन चालिसेको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य महेश रेग्मी प्रमुख अतिथी एवम् बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी विशिष्ट अतिथी रहनुभएको थियो । विजेता एवम् सहभागी टिमलाई नगरप्रवक्ता सुवेदी पुरस्कार एवम् प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


यसअघि अनेरास्ववियु क्याम्पस कमिटीले बेलबारी बहुमुखी क्याम्पसलाई एक दर्जन डस्टविन प्रदान गरेको कमिटी अध्यक्ष चालिसेले जानकारी दिनुभएको छ ।