बेलबारी सहित ६ पालिकामा सोलार मार्फत विद्युत उत्पादन गरिने


माघ २३
ंबेलायतको एक कम्पनीसँग मिलेर बेलबारी सहित मोरङका ६ वटा पालिकामा सोलार प्यानलबाट विद्युत उत्पादन गरिने भएको छ । ६० मेगावाट विद्युत उत्पादन गर्नेगरी बेलायतको व्येकपिल्ड इन्टरनेशनल लिमिटेड सँग सम्झौता समेत भएको छ । अन्तर स्थानिय तह साझा सरोकार मञ्च मोरङका संयोजक एवम् बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी सो कम्पनीसँग हस्ताक्षर भएको जानकारी दिनुभएको छ । उक्त कम्पनि सँग स्पेनको लियोनमा वैठक पछि सम्झौता गरिएको मेयर सुवेदिले टेलिफोन मार्फत जानकारी गराएको बेलबारी नगरपालिकाले जनाएको छ ।
सम्झौता अनुसार पहिलो चरणमा ६० मेघाहट बिजुलि उत्पादन गरिने छ ।सो उत्पादित विद्युत ४ नगरपालिका र २ गाँउपालिकामा उपभोग हुने गर्ने बताइएको छ । बेलबारी, सुन्दरहरैचा, लेटाङ र पथरी शनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले सोलार प्यानल मार्फत विद्युत निकाल्नका लागेका हुन् । प्रत्येक स्थानिय तहले दश –दश मेगावाट उत्पादन गर्नेे सम्झौता पत्रमा उल्लेख गरिएको छ ।