बेलबारी अपाङ्ग सेवा संघको आयोजनामा च्याउ खेती तालिम सम्पन्न


माघ १९
बेलबारी अपाङग सेवा संघको आयोजनामा च्याउ खेती सिप विकास एक दिने तालिम आइतबार सम्पन्न भएको छ । अपाङगतामैत्री सो तालिममा २५ जना व्यक्तिहरु सहभागी भएका छन् । बेलबारी ४ मा आयोजित तालिममा कृषि प्राविधिक विनोद दाहालले च्याउ खेती सम्बन्धी सिप सिकाउनुभएको थियो । बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको संघका सचिव दिनेश कोइरालाले जानकारी दिनुभएको छ । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । सहभागीलाई च्याउको विउ र च्याउ खेतीका लागि आवश्यक सामग्री पनि निशुल्क वितरण गरिएको संघका अध्यक्ष भोजराज भुजेलले जानकारी दिनुभएको छ । बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको थियो ।