प्रथम बेलबारी आइडलका विजेता एवम् प्रतिष्पर्धीको स्वर रहेका गित सार्वजनिक


माघ १८
बेलबारी नगरपालिकामा गत वर्ष सञ्चालित सुरसप्तक बेलबारी आइडलका विजेता एवम् सहभागीको आवाजमा रेकर्ड भएका २ वटा गितहरु शनिबार सार्वजनिक गरिएको छ । बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित बेलबारी आइडल २ को अडिसन कार्यक्रममा ती गित सार्वजनिक गरिएको हो ।
मेरो लागि प्यारो छ बेलबारी नगर र तृष्णा त केवल बाँकी रह्यो बोलको गित सार्वजनिक गरिएको हो । बेलबारी नगरपालिकाको गौरव र पहिचान वर्णन गर्ने प्रयास गरिएको मेरो लागि प्यारो छ बेलबारी नगर बोलको गितमा ७ जनाको रचना र ९ जनाको आवाज रहेको छ । भीम बस्नेत,तिला लेकाली,प्रेम गुरुङ,तारा पराजुली,बादलदेवी चाम्लिङ, कुमार बोखिम र जेवी थुलुङको रचना रहेको गितमा सञ्जिव धिमाल, पहिलो बेलबारी आइडल विवेस मोते,टंक मगर,लक्ष्मी पौडेल,रविसन खत्री,सुदिक्षा भट्टराई,इया राई, नविना पोख्रेल र सिजल रेग्मीको स्वर रहेको छ ।
बेलबारी वडानम्बर १ का वडाध्यक्ष चक्रबहादुर खुलालले सो गित सार्वजनिक गर्नुभएको थियो । त्यस्तै तृष्णा त केवल बाँकी रह्यो बोलको गितमा भिम बस्नेतको रचना र प्रथम बेलबारी आइडल विजेता विवेस मोतेको स्वर रहेको छ । दुवै गितमा भिम बस्नेतको संगित रहेको छ । पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड भएको दुवै गितका लागि आर्थिक योगदान संगितकार भिम बस्नेतको रहेको बेलबारी आइडलका कार्यक्रम संयोजक जेवी थुलुङले जानकारी दिनुभएको छ ।
बेलबारी आइडल २ को छनौट चरण पनि सञ्चालन भैरहेको छ । शुक्रबारबाट सुरु भएको छनौट कार्यक्रमहरु शनिबारसम्म ४ स्थानमा आयोजना भएका छन् ।