निरन्तरखबर



बेलबारीमा कांग्रेसका जेष्ठ क्रियाशिल सदस्यलाई सम्मान


माघ १७
नेपाली कांग्रेस बेलबारी नगर समितिले जेष्ठ क्रियाशिल सदस्यहरुको योगदानको कदर गर्दै शुक्रबार सम्मान गरेको छ । बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा आयोजित कार्यक्रममा बेलबारी नगरभित्रका ७० वर्ष पुरा भएका नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका १ सय २५ जेष्ठ क्रियाशिल सदस्यलाई सम्मान गरिएको कांग्रेस नगर सभापति शम्भु भट्टराईले जानकारी दिनुभएको छ । कार्यक्रममा बेलबारी नगरका विभिन्न वडाका ८६ जना व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस नेताहरुले नव प्रवेशीहरुलाई टिका तथा माला लगाइदिएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस नेता एवम् पुर्व श्रमराज्यमन्त्री दिलिप गच्छेदार,केन्द्रिय सदस्य एवम् सांसद डाक्टर अमरेश कुमार सिंह, प्रदेश १ प्रदेश सभामा नेपाली कांग्रेस संसदिय दलका सचेतक सुयर्माराज राई,नेपाली कांग्रेस पुर्व क्षेत्रिय सभापति मोहनविक्रम कार्की लगायतले बोल्नुभएको थियो । कांगे्रस नेताहरु बसन्त भट्टराई, गोपाल थापा,सुनिल शर्मा लगायतको पनि उपस्थिति रहेको थियो । नेपाली कांगे्रस पार्टी संगठन र संगठन मार्फत राष्ट्रकै लागि दिएको योगदानको कदर गर्दै जेष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान कार्यक्रम गरिएको कांग्रेस बेलबारीका सभापति शम्भु भट्टराईले जानकारी दिनुभएको छ । कांग्रेस बेलबारीका सचिव उपेन्द्र सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभापति बद्री मण्डलले स्वागत मन्तव्य राख्नुभएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *