बेलबारीमा माघ २५ गतेबाट हात्तीपाइले विरुद्ध औषधी खुवाइने


माघ १७
हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत बेलबारीमा आउँदो माघ २५ गतेबाट औषधी खुवाइने भएको छ । हात्तीपाईले (फाइलेरिया) रोग विरुद्धको औषधी खुवाउने कार्यक्रमका लागि बेलबारी नगरपालिका स्वास्थ्य शाखाले तयारी सुरु गरिसकेको छ । यसपटक औषधी खुवाउन बेलबारी नगरपालिका भरी ७५ जना स्वास्थ्यकर्मी तथा ३५ जना महिला स्वयंसेविका खटिने पनि भएका छन् ।
शाखाले हात्तीपाइले राष्ट्रिय रोग निवारण अभियान २०७६ सम्बन्धी विहिबार नगरपालिकामा अन्तर्कृया कार्यक्रम गरेको छ । कार्यक्रममा हात्तीपाइले रोग, यसको असर,सर्ने कारण, औषधीको मात्र लगायतबारे छलफल भएको थियो । हात्तीपाइले क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेबाट सर्ने स्वास्थ्य शाखा प्रमुख सन्तोस विश्वकर्माले जानकारी दिनुभयो । हात्तीपाइलेको औषधीले कुनैपनि असर नगर्ने भएकाले अनिवार्य रुपमा सबैले सेवन गर्नुपर्ने कार्यक्रममा सहभागी चिकित्सकहरुले बताएका छन् । यो रोगले शारिरिक रुपमा असक्त,अपाङग बनाउने भएकाले तोकिएको अवधी र स्थानमा अनिवार्य औषधी सेवन गर्न आग्रह चिकित्सकरुले आग्रह गरेका छन् ।
कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले औषधी खुवाउने कार्यको शतप्रतिशत लक्ष्य हासिल गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । यसकालागि जनप्रतिनिधि,स्वास्थ्यकर्मी,सञ्चारकर्मी लगायत सबै सरोकारवाला क्षेत्रलाई महत्वपुर्ण भुमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभएको छ ।