बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

बेलबारी । १७ माघ । मोरङको बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद बेलबारीले महोत्सवको आयोजना गर्न लागेको हो ।

महासङ्घ नगर समन्वय परिषदले शुक्रबार ड्रिमल्याण्ड फनपार्कमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सव फाल्गुन १७ गते देखि २४ गतेसम्म बेलबारी ३ फुलबारी पेट्रोल पम्प पछाडि हुने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीका साथै स्थानीय मौलिक परिकारको स्टल, आदिवासी समुदायको साँस्कृतिक झाँकी, मौलिक भेषभुषा प्रदर्शनी, आदिवासी कलाकारहरुको गीत, संगीत प्रस्तुत, विध्यार्थीहरुका लागि चित्रकला, हस्तकला, साहित्य, नृत्य प्रतियोगिता, बाल उद्यान सहित नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन बेलबारी क्षेत्रको पर्यटकिय तथा धार्मिक स्थानहरुको श्रब्यदृष्य चित्र प्रदर्शन हुने महोत्सब मुल आयोजक समितिका सचिब मनकुमार गुरुङले बताए । महोत्सवमा कषि, पर्यटन, बाल उद्यान लगायत ६० वटा स्टल रहनेछन ।

आयोजकले महोत्सवबाट २६ लाख बचत हुने पनि अनुमान गरेको छ । संकलित रकमबाट समुदायमा शिक्षा, स्वास्थ्य, क्षमता बिकास, संस्कार र संस्कृति प्रर्बद्धनका लागी कार्यक्रम गरिने आयोजकले जनाएको छ ।