देवीथान सामुदायिक बनले विपन्न बर्गलाई ७ लाख बराबरको सामाग्री बाँड्यो

बेलबारी । १७ माघ । मोङको बेलबारी नगरपालिका ४ मा अवस्थित देवीथान सामुदायिक बन उपभोक्ता समुहले विपन्न वर्ग लक्षित कार्यक्रम सम्पन्न गरेको छ । विपन्न लक्षित कार्यक्रम अन्तर्गत समुहमा ७२ घर परिवारलाई ७ लाख ४४ हजार ६ सय २ रुपैयाँ बराबरको सामग्री वितरण गरेको हो ।


समुहले विपन्न छात्रछात्राहरु ११ जनालाई प्रतिव्यक्ति १० हजारका दरले छात्रवृति रकम वितरण गरेको छ । १४ जनालाई कुक तालिम गराई स्टेसनरी तथा प्रमाणपत्र वितरण गरेको छ । उन्नत जातका चौपाय बाछि ८ घर परिवारलाई, बंगुर ३ घर परिवारलाई, सौचालय २ घरपरिवारलाई निर्माण गरि हस्तारण र ३४ घर परिवारलाई डेड बन्डलका दरले जस्तापाता वितरण गरिएको समुहका अध्यक्ष तथा कार्यक्रमका सभापति नारायण सुनुवारले जानकारी दिए । समुहको सभाहल बेलबरी ४ मा शुक्रबार एक कार्यक्रमको आयोजना गरी विभिन्न सामाग्री वितरण गरेको हो । बेलबारी वडा नं ४ का वडाध्यक्ष राम कुमार राईको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।