शिक्षा सन्देशमा बाल साहित्य महोत्सव सुरु

माघ १५
बेलबारी स्थित शिक्षा सन्देश इङ्गलीस स्कुलमा नविन विधि र शैलीका साथ बाल साहित्य महोत्सव बुधबारबाट सुरु भएको छ । सिर्जनाका फरक फरक विधाहरुलाई समेट्ने प्रयास सहित आयोजित महोत्सवमा विद्यार्थीमात्रै हैन शिक्षक,अविभावक र अन्य आगन्तुकले समेत नयाँ स्वादको महसुस गरेका छन् । बाल साहित्य महोत्सव विहिबार सम्म चल्नेछ ।
बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले महोत्सव उदघाटन गर्नुभएको हो । बालबालिकालाई आफ्नै तरिकाले सिर्जनामा रमाउने वातावरण तयार गर्ने प्रयास गरिएको महोत्सव बाल सिर्जनामै केन्द्रित देखिएको छ । महोत्सवमा विद्यार्थीहरुले नाटक समेत देखाएका छन् । विद्यार्थीले आफ्नै चित्रकला समेत प्रदर्शन गरेका छन् भने कथा,कविता समेत सिर्जना गरेका छन् । पहिलो दिन बुधबार कविता प्रतियोगिता,कथा लेखन कार्यशाला,विद्यार्थीले निर्मित सिर्जना तथा निर्माणकलाहरु प्रदर्शन भए । स्कुलमा होटल म्यानेज्मेन्ट अध्ययनरत विद्यार्थीले तयार पारेका खाद्य परिकार पनि स्टलमा राखिएको छ । अध्ययनका लागि खुला पुस्तकालय, खेल्नका लागि ‘गेम जोन’ स्टलहरु पनि रहेका छन् ।


शिक्षालाई किताबी ज्ञानमा मात्रै सिमित गर्ने भन्दा सिर्जनाका हरेक क्षेत्रमा पर्याप्त प्रोत्साहनका साथ बालवालिकालाई खुला छोडिदिएर ज्ञानको दायरा बढाउने अवसर प्रदान गर्न महोत्सव आयोजना गरिएको स्कुलका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिनुभएको छ ।
महोत्सव उद्घाटन साथै विहिबार नै बिद्यालयमा डिजिटल प्रबिधिको बोर्ड समेत उद्घाटन गरिएको छ । बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले बोर्डको उद्घाटन गर्नुभएको हो । विद्यालयका अध्यक्ष लक्ष्मणजंग थापाको सभापतित्वमा भएको कार्यक्रममा स्कुलका काउन्सिलर भुपाल बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । स्कुलका कोअर्डीनेटर केशु विरहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।




Leave a Reply

Your email address will not be published.