शिक्षा सन्देशमा माघ १५ र १६ गते बाल साहित्य महोत्सव हुने

माघ १२
बेलबारी २ स्थित शिक्षा सन्देश ईङलिस स्कुलले सरस्वती पुजाको अवसरमा बाल साहित्य महोत्सव आयोजा गर्ने भएको छ । माघ १५ र १६ गते वाल महोत्सव हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा स्कुलले जानकारी दिएको छ ।
साहित्यबारे बालबालिकालाई बुझाउने, उनीहरुको चाहना र क्षमता अनुसारको सिर्जनालाई स्थान दिने र प्रोत्साहन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको शिक्षा सन्देश इङगलिस स्कुलका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिनुभएको छ । बालबालिकाहरुलाई स्वतन्त्र छोडिदिएर आफै सिर्जना गर्ने र रमाउने वातावरण तयार गर्ने खत्रीले बताउनुभयो ।
महोत्सवमा वालवालिकाहरुले नै लेखेको कथा,कविता उनीहरुबाटै प्रस्तुती हुने तथा प्रतियोगिताहरु पनि हुने कार्यक्रम संयोजक केशु विरहीले जानकारी दिनुभएको छ । कविता बाचन, कथा लेखन, वादबिवाद, चित्रकला प्रदशर्नी, साहित्यकारसँग बालबालिकाको अन्तरकृया समेत हुने स्कुलले जानकारी दिएको छ । प्रदर्शनीका स्टलहरु साथै विद्यार्थीले चाहेको पुस्तक अध्ययन गर्न पाउने खुला पुस्तकालय पनि महोत्सवमा रहने स्कुलले जनाएको छ ।
बालबालिकामा शैक्षिक गुणस्तर वृद्धि, सिर्जनशिलता लगायत चौतर्फी विकासका लागि स्कुलले आवश्यकता अनुसारका कार्यक्रम र गतिविधि सञ्चालनमा कुनै कमी हुन नदिने स्कुल सञ्चालक समितिका अध्यक्ष लक्ष्मणजंग थापाले बताउनुभएको छ । स्कुलले छात्रवृत्तिको लागि हरेक वर्ष ३ लाख रुपैयाँ भन्दा धेरै खर्च गर्दै आएको पनि थापाले जानकारी दिनुभएको छ । स्कुलका काउन्सिलर भुपाल बस्नेतले अतिरिक्त क्रियाकलापका साथै समय सुहाउँदो शिक्षा समेत प्रदान गर्दै अघि बढेको शिक्षा सन्देशले होटल म्यानेज्मेन्ट विषयको पढाई समेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।