माघ १२
प्रदेश १ सरकारका नवनियुक्त उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई बेलबारी नगरपालिका वडानम्बर ६ ले कार्यक्रम आयोजना गरेर बधाइ तथा शुभकामना दिएको छ । आइतबार बेलबारी ६ सोमबारेमा आयोजित कार्यक्रममा बेलबारी वडानम्बर ५,६ र ७ का विभिन्न पार्टीका नेता तथा कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा पुर्व श्रमराज्यमन्त्री दिलिप गच्छेदार, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाल कम्युनिष्ट पार्टी मोरङ क्षेत्रनम्बर ४ का संयोजक बाबुराम कार्की, नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी, कांग्रेस बेलबारी वडानम्बर ५ का सभापति गोपाल कटुवाल लगायतले बधाई तथा शुभकामना व्यक्त गनुृभएको थियो । उहाँहरुले विश्वासको कार्यकालमा शुसासन कायम रहँदै विकास तथा समृद्धिका गतिविधि तिब्र रुपमा अघि बढ्न सकोस भनेर शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा राज्यमन्त्री विश्वासले आफुले सांसद हुँदादेखि नै जनताको हितमा योजनावद्ध रुपमै काम गर्नुपर्छ भनेर लागेको र अब नयाँ जिम्मेवारी पाएसँगै त्यो भुमिका अझै बढेर जाने बताउनुभएको छ । राज्यमन्त्री विश्वासले आफुले चुनावताका गरेका प्रतिवद्धता र बाचाहरु नविर्सिएको र पुरा गर्ने क्रममा निरन्र अघि बढिरहेको बताउनुभयो । सडक निर्माण लगायत धेरै क्षेत्रमा कामहरु भैरहेको उहाँले जानकारी दिनुभयो ।
बेलबारी वडानम्बर ६ का वडाध्यक्ष उदयवहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा बेलबारी ६ स्थित विरेन्द्र माविमा सरस्वतीको मन्दिर निर्माण गरिदिने स्वर्गिय बजिरमान राईकी श्रीमती कृष्णकुमारी राईलाई सम्मान समेत गरिएको थियो । बजिरमान राईको स्मृतिमा उहाँको परिवारले ४ लाख रुपैयाँमा मन्दिर निर्माण गरिदिएको वडाध्यक्ष राइले जाकारी दिनुभएको छ । बधाई तथा शुभकामना कार्यक्रम नेकपा बेलबारी नेकपका कार्यलय सदस्य मिलन राई सञ्चालन गर्नुभएको थियो ।