अनेरास्ववियुले बनायो ७ स्थानमा जेब्रा क्रसिङ

बेलबारी । १२ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (संयुक्त) बेलबारी बहुमुखी क्याम्पस कमिटी (अनेरास्ववियु)ले पुर्व पश्चिम राजमार्गको ७ स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको छ । आइतबार अनेरास्ववियुले बेलबारी भित्रका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको हो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका भित्र लक्ष्मीमार्ग, वेतना सिमसार, टुक्रे जाने बाटो, विन्ध्यावासिनि मार्ग, सिसौलि चौक, भगवती स्कुल अगाडी र लालभित्त चौकमा जेब्रा क्रसिङ निर्माण गरिएको अनेरास्ववियु बेलबारी बहुमुखी क्याम्पस कमिटी अध्यक्ष रविन चालिसेले जानकारी दिए । जेब्रा क्रसिङ निर्माणको उद्घाटन बेलबारी नगर उपप्रमुख ढाका कुमारी पराजुलीले गरेकी थिइन ।