रेडियो बेतनाद्वारा बेलबारीका नगरप्रमुख सुवेदी सहित ७ व्यक्ति तथा संस्था सम्मानित

सम्मानपत्र ग्रहण गर्नुहुँदै बेलबारीका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी

१० माघ ।
बेलबारी स्थित रेडियो बेतना ९७.१ मेगाहर्जले आफ्नो सातौं साधारणसभा तथा वार्षिकोत्सव कार्यक्रममा बेलबारीका नगरप्रमुख सहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने ७ जनालाई सम्मान गरेको छ । बेलबारी १ स्थित सांस्कृतिक भवनमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गणेशप्रसाद दाहाल, लेटाङ स्थित शान्ति भगवती माध्यमिक विद्यालय, सामाजिक व्यक्तित्व महेन्द्र सुवेदी,बेलबारी नगरपालिकाको प्रथम जाति घोषित धिमाल प्रथम जाति व्यवस्थापन समिति, खेल क्षेत्रको विकासमा क्रियाशिल मिलन राई र जेष्ठ नागरिक समाज बेलबारी सम्मानित भएका हुन् ।
विगत लामो समयदेखि सामाजिक र राजनितिक रुपमा सक्रिय रहँदै तत्कालिन गाविस रहँदा देखि नै बेलबारीको आर्थिक,सामाजिक,शैक्षिक उत्थान र उन्नयनका लागि महत्वपुर्ण परिकल्पना,अवधारणा,मार्गदर्शनका साथ सक्रिय सहभागिता जनाएको तथा हाल बेलबारी नगरपालिकाको प्रमुखको जिम्मेवारीमा आएसँगै नगरको सामाजिक तथा भौतिक विकासमा समेत सबल तथा सक्षम नेतृत्व प्रदान गर्दै नगरबासीलाई उत्कृष्ट अविभावकत्व प्रदान गरेको भनेर नगरप्रमुख सुवेदीलाई रेडियो बेतनाले सम्मान गरेको हो ।
यस्तै राष्ट्रसेवक कर्मचारीको रुपमा केही समय अघि सम्म बेलबारी नगरपालिकामा र हाल सुन्दरहरैँचा नगरपालिकामा प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारीमा रहनुभएका गणेश प्रसाद दाहाललाई सर्वपक्षिय समन्वयका साथ योजना निर्माण,सञ्चालन,तथा नागरिकका लागि उत्कृष्ट सेवा प्रवाह गरेकोमा सम्मान गरिएको हो ।

सम्मानपत्र ग्रहण गर्नुहुँदै सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गणेशप्रसाद दाहाल


यसैगरी युवा अवस्थादेखि नै राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै फरक फरक प्रकृतिका सामाजिक संघ संस्थामा समेत भिन्न भिन्न भुमिकाद्वारा समग्र बेलबारी नगरको विकास तथा समाज विकासमा योगदान पुर्याएकोमा बेलबारी ३ का महेन्द्रप्रसाद सुवेदीलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।


खेल क्षेत्रमा क्रियाशिल रहेर विगत लामो समयदेखि ग्रामिण भेगका युवाहरुलाई अभिप्रेरित,प्रोत्साहित र प्रशिक्षित समेत गर्दै उनीहरुमा खेल कौशल र खेल्ने आत्मविश्वास समेत भरिदिन महत्वपुर्ण भुमिका निर्वाह गर्दै महत्वपुर्ण खेल आयोजनाहरुमा समेत नेतृत्वकर्ता,सल्लाहकार एवम् सहयोगीका रुपमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा बेलबारी ६ का मिलन राईलाई पनि सम्मान गरिएको हो ।

This image has an empty alt attribute; its file name is DSC_0187-1024x683.jpg
सम्मानपत्र ग्रहण गर्नुहुँदै बेलबारी ६ का मिलन राई
सम्मानपत्र ग्रहण गर्नुहुँदै धिमाल प्रथम जाति व्यवस्थापन समिति बेलबारी का अध्यक्ष कविन्द्र धिमाल


त्यसैगरी उत्तरी मोरङको भौगोलिक विकटता भएका क्षेत्रका समेत विद्यार्थीहरुलाई माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै शहरकेन्द्रित विद्यालयहरुसँग पनि प्रतिष्पर्धामा आफुलाई अब्बल राख्दै वालवालिकामा शिक्षाको उज्यालो छर्ने कार्य र नतिजामा पनि आफुलाई उत्कृष्ट स्थान राख्न सफल भएकोमा लेटाङ स्थित शान्ति भगवती माविलाई सम्मान गरिएको रेडियो बेतनाले जनाएको छ ।
जेष्ठ नागरिकहरुलाई एकतावद्ध गरेर उहाँहरुको मनोविज्ञानलाई बुझ्दै सांगितिक एवम् सिर्जनात्मक क्रियाकलापहरु समेत गर्दै वुढेशकालको भरपर्दो साथी बनेर महत्वपुर्ण योगदान पुर्याएको भन्दै जेष्ठ नागरिक समाज बेलबारीलाई सम्मान गरिएको रेडियो बेतनाका अध्यक्ष भोजराज बस्नेतले बताउनुभएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल,विशेष अतिथी पुर्व श्रमराज्यमन्त्री दिलिप गच्छेदार,विशिष्ट अतिथीहरु प्रदेश १ प्रदेश सभाका कांग्रेस संसदिय दलका प्रमुख सचेतक केदार कुमार कार्की,सचेतक सुयर्माराज राई लगायतले सम्मान प्रदान गर्नुभएको थियो ।