ट्राफिक प्रहरी पोष्ट बेलबारीको नयाँ भवन उद्घाटन

बेलबारी । ट्राफिक प्रहरी पोष्ट बेलबारीको नयाँ निर्मित कार्यलय भवन उद्घाटन भएको छ । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की र बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदिले २ तले भवनको बुधबार रिवन काटेर उद्घाटन गरेका हुन ।
बेलबारी १ दुर्गा मन्दिर पुर्वमा निर्माण सम्पन्न भएको उक्त भवनको २०७५ पौष ५ गते मन्त्री कार्कीले नै शिलान्यास गरेका थिए । भवन समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री कार्कीले आफ्नो बक्तव्यमा प्रदेश प्रहरी गठनका लागि कानुनि प्रकृया हुदै गरेको र प्रदेशको सुरक्षाका निम्ति योजनाबद्ध रुपले प्रदेश सरकार अगाडि बढ्ने बताए । इलाका प्रहरी कार्यलय बेलबारीलाई मोरङ जिल्लाको उत्तरी भेगको केन्द्रको रुपमा बिकास गर्ने र अस्थाइ रुपमा रहेको ट्राफिक प्रहरी पोष्ट बेलबारीलाई स्थाइ बनाउने बिषयमा मन्त्री कार्कीले प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी प्रमुख भिम दाहालले नव निर्मित भवन जिल्ला ट्राफिक कार्यलय भवन परिसर भन्दा ठुलो क्षेत्रफलमा निर्माण भएकोमा भवन निर्माण उपभोक्ता समितिलाई धन्यबाद दिए । कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिले भवन स्थानीय सरकारको रोहबरमा ट्राफिक प्रहरी पोष्ट बेलबारीलाई हस्तान्तरण गरेको समितिका अध्यक्ष प्रताप कुमार थापाले बताए ।


भवन निर्माण गर्दा ५८ लाख ११ हजार ७ सय ६८ रकम जम्मा भएको र ५५ लाख ५६ हजार ७९ रुपैयाँ खर्च भएको निर्माण समिति कोषाध्यक्ष रुक्मिणी धिमालले बताइन । कार्यक्रममा भवन निर्माणमा आर्थिक सहयोग गर्ने २ सय ८ संघ संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।