सुन्दरहरैंचामा मंसिर २९ र ३० गते नगरस्तरीय प्याब्सन स्पोर्टस् मिट हुने

विराटचोकः सुन्दरहरैंचामा प्याब्सन स्पोर्टस् मिट २०७६ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन नगर कार्यसमिति सुन्दरहरैंचाको आयोजनामा यही मंसिर २९ र ३० गते खेलकुद कार्यक्रम हुने भएको हो ।

सुन्दरहरैंचाको वडा नम्बर ७ मा रहेको गछिया खेल मैदानमा कार्यक्रम हुने आयोजकले जनाएको छ । स्पोर्टस् मिट अन्तर्गत भलिबल, दौड, लङजम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट, ज्याब्लिङ थ्रोलगायतका खेल हुने प्याब्सन सुन्दरहरहैंचाका अध्यक्ष हरिश्चन्द्र ढकालले जानकारी दिएका छन् ।

प्रतियोगितामा सुन्दरहरैंचाका ३० ओटा संस्थागत विद्यालयको सहभागिता हुने उनले बताए ।

प्याब्सन नगर कार्यसमितिको मंसिर २५ गते वार्षिक साधारणसभासमेत हुने अध्यक्ष ढकालले बताए ।