बक्सिङमा २ दशकपछि नेपाललाई २ स्वर्ण

तस्बिरः राष्ट्रिय खेलकुद परिषद
काठमाडौंः दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ ।

सोमबार भएको खेलमा नेपालका मिनु गुरुङ र भुपेन्द्र थापामगरले स्वर्ण जितेका हुन् । महिला ५४ केजीको फाइनलमा मिनु गुरुङले भारतीय बक्सर शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले भारतीय खेलाडीलाई युनानोमस डिसिजनको आधारमा हराउँदै स्वर्ण चुमेकी हुन् । कास्य भने श्रीलंकाकी सजीवनी मुथुथान्तथ्री पताबेन्डिगे र बंगलादेशका ओनिता इस्लामले जितिन् ।

त्यस्तै ६४ केजीको फाइनलमा नेपालका भुपेन्द्र थापामगरले पनि सागको पुरुष बक्सिङमा २० वर्षपछि पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउन सफल भए । उनले भारतका मनिष कौशिकलाई अङ्कको आधारमा हराउँदै साग बक्सिङमा २ दशकपछि स्वर्ण हात पारेका हुन् ।