३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै

विराटचोकः फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छिन् । उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्ने भएका छन् ।

बीबीसीले उल्लेख गरेअनुसार प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उनले यही साता पदभार ग्रहण गर्ने अनुमान गरिएको छ ।

गत अप्रिल महिनामा गरिएको निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी ठूलो दल बनेको थियो ।