आर्चरीको सबै स्वर्ण बंगलादेशको पोल्टामा

काठमाडौंः दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० ओटै स्वर्ण पदक हात पार्न सफल भएको छ ।

१० ओटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिमतर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

सोमबार भएको रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्डतर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो ।

सोमबारको खेलमा रिकर्भ पुरुष तर्फको खेलमा बंगलादेशका विश्व र्याङकिङ १० आंैं भित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे । सोही इभेण्टको महिलातर्फ बंगलादेशकी १४ वर्षीया उदीयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।