न्युजिल्याण्डको पर्यटकीय क्षेत्रमा १८ वर्षपछि ज्वालामुखी, केही सम्पर्कविहीन

विराटचोकः न्युजिल्याण्डमा भएको एउटा ज्वालामुखी विस्फोटमा झन्डै २० जना मानिस घाइते भएका र अन्य केही सम्पर्कविहीन भएको बताइएको छ ।

बीबीसीले जनाएअनुसार न्युजिल्याण्डको उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आइल्याण्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो ।

एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको न्युजिल्यान्डको क्रुज एसोसिएशनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गरेको बताइएको छ ।