कबड्डीमा भारत र श्रीलंका फाइनलमा

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा आइतबार भारत र श्रीलंका फाइनलमा प्रवेश गरेका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भारतले नेपाललाई ६२–२६ ले पराजित ग¥यो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ५ राष्ट्र सहभागी पुरुष कबड्डीमा भारत शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । उपाधिका लागि भारतले श्रीलंकासँग खेल्ने छ ।

राउन्ड रोबिन लिगको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३५–२० ले हराउँदै समूह उपविजेताका रूपमा फाइनलमा स्थान पक्का गरेको थियो । बंगलादेशसँगै पाकिस्तानले तेस्रो स्थानमा चित्त बुझाए ।

महिलातर्फ भने नेपालले भारतसंग उपाधि भीडन्त पक्का गरिसकेको छ । सागको कबड्डीमा फाइनलमा पुगेको यो नै पहिलो टोली हो ।